दफा
परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न पाउने

परिचयपत्र प्राप्त गैर आवासीय नेपालीले परिवर्त्य विदेशी मुद्रामा आर्जन गरेको रकम नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थामा परिवर्त्य विदेशी मुद्रामा खाता खोली सञ्चालन गर्न सक्नेछ ।